अहिलेसम्म नोबेल पुरस्कार पाउने महिला ५९ जनामात्र « Khabarhub

अहिलेसम्म नोबेल पुरस्कार पाउने महिला ५९ जनामात्र


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् १९०१ मा नोबेल पुरस्कार स्थापना भएपछि अहिलेसम्म जम्मा ५९ जना महिला यो पुरस्कारबाट सम्मानित भएका छन् । पुरस्कार वितरणमा लैंगिक बिभेद हुने गरेको चर्चा चलिरहेका बेला पुरुषको तुलनामा नोबेल पुरस्कार पाउने महिलाको संख्या नगण्य देखिएको हो ।

यो वर्ष पनि एक मात्र महिलाले नोबेल पुरस्कार पाएकी छिन् । अमेरिकी मूलकी फिलपिनी पत्रकार मारिया रेसा यसै साता यो पुरस्कारबाट सम्मानित भएकी थिइन् । नोबेल कमिटीले रुसी पत्रकार दिमित्री मुरातोभसँगै रेसालाई नोबेल शान्ति पुरस्कार दिने घोषणा गरेको थियो ।

नोबेल पुरस्कार विजेतामा महिलाको संख्या थोरै हुने गरेको रोयल स्विडिश एकेडेमी अफ साइन्सेसका प्रमुख योरान हानसन स्वीकार्छन् । ‘नोबेल विजेतामा महिलाको संख्या न्युन हुनु दुःखद विषय हो ।’ हानसन भन्छन् । पुरस्कार कुनै लिंग वा निश्चित जातका आधारमा नभई व्यक्तिले गरेको मुल्यांकनका आधारमा दिइनु पर्ने उनको भनाई छ ।

स्वडिश उद्योगपति अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअघि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : ४० बजे

साताको कार्टुन : खिल निकाल्ने वर्ष

काठमाडौँ – काठमाडौँ उपत्यकाका सार्वजनिक क्षेत्र ओगटेर बनेका अव्यवस्थित बस्ती

आज वैशाख शुक्ल चतुर्दशी : नृसिंह जयन्ती मनाइँदै

काठमाडौँ- वैदिक सनातन हिन्दू धर्मअनुसार आज नृसिंह जयन्ती मनाइँदै छ

राधास्वामीको टहरामा सुकुम्बासी: टेन्टभित्रको रात, खाजामा भुजा र चिया

काठमाडौँ – उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर चलाएपछि घरबारविहीन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अवधिमा २

रुखबाट लडेर वृद्धको मृत्यु

बाजुरा– बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु