तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ « Khabarhub

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् ।

भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा परेको छ । बढ्दो सहरीकरण र सामुदायिक वन मासिँदै गएकाले पेशा नै संकटमा परेको आङदिमका हिक्मत लिम्बुले बताए । ‘भेडाको ऊनबाट राडीपाखी बनाईथ्यो तर पछिल्लो समय राडीपाखी बनाउन पनि छाड्दै गए,’ लिम्बुले भने ।

उनले पनि अहिले जम्मा १५ माउ भेडा पालेका छन् । भेडापालनबाट आम्दानी पनि राम्रै हुने उनले बताए । उनले भने, ‘भेडाको मुल्य पनि राम्रै छ तर चरन पनि छैन ।’ भेडाबाट निकालेको ऊन पनि बिक्री हुन छाडेको उनले बताए ।

आङदिमकै रोमा ठकुरी पनि भेडापालनबाट राम्रै फाइदा हुने भए पनि पाल्न छोडेको बताइन । उनले भनिन्, ‘पाल्ने मन भए पनि चरनको समस्याले छाडेँ ।’ अहिले गाउँमा भेडा पाल्ने मानिस नै भेटिन छाडेको उनले बताइन । भेडाको ऊनबाट बन्ने राडीपाखी पनि प्रयोग हुन छाडे ।

राम्रा र चिल्ला चलनी कपडाका कारण राडीपाखी विस्थापित बनेको उनको भनाइ छ । तेह्रथुमको वसन्तपुर, फुलेक, आङदिम, सुदाप लागयतका लेकाली क्षेत्रमा भेडापालनका लागि चर्चित थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ६ : १८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह