काठमाडौँ- अर्जेन्टिना फिफा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिल छनोट भइसकेको छ भने अर्जेन्टिनाको पनि छनोट सम्भावना बलियो भएको छ ।
शुक्रबार राति अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले हराएसँगै अर्जेन्टिना छनोट नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले सातौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ ।
प्रतिक्रिया