२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने « Khabarhub

२९ औँ त्रिवेणी कप पुस १२ गतेदेखि सुरु हुने


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप फुटबल प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सुरु हुने भएको छ ।

स्थानीय सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

प्रतियोगिता गत वर्ष कोरोनाका कारण स्थगित गरिए पनि यस वर्ष निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए । उनले भने, ‘खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।’

फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रथम हुने टोलीलाई रू पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई रू तीन लाखसहित अन्य पुरस्कार पाउनेछन्। त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई रू ५०-५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु १५-१५ हजार प्रदान गरिने भएको छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ११ : ५० बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित