भारतीय फुटबलर सुनील क्षेत्रीलाई खेल रत्न पुरस्कार « Khabarhub

भारतीय फुटबलर सुनील क्षेत्रीलाई खेल रत्न पुरस्कार


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्री मेजर ध्यानचन्द खेल रत्न पुरस्कारले सम्मानित भएका छन्।

शनिबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्षेत्रीलाई सो सम्मान प्रदान गरेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

शनिबार क्षेत्री लगयात हालै सम्पन्न टोकियो ओलम्पिकमा स्वर्ण पदक विजेता र अन्य पदक विजेताहरुलाई पनि सम्मान गरिएको छ । क्षेत्रीले भारतीय खेलजगतको सबैभन्दा ठूलो पुरस्कार पाएका हुन् । क्षेत्री भारतका लागि सर्वाधिक गोलकर्ता फुटबलर हुन् । उनले हालसम्म ८० अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।

क्षेत्रीको कप्तानीमा भारतलै गत महिनामात्र नेपाललाई पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १० : २१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र