संस्कृति अतिक्रमणविरुद्ध कलाकारहरुको महाअभियान « Khabarhub

संस्कृति अतिक्रमणविरुद्ध कलाकारहरुको महाअभियान


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्वलगायतमा भएको अतिक्रमणविरुद्धमा कलाकारहरुले ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा गरेका छन् । कलाकार उत्पादनमा सक्रिय संस्था परिवर्तन नेपालले अभियानको शुभारम्भ गर्दै महाअभियानमा नाटक मञ्चनदेखि फिल्म निर्माणसमेत गर्ने जनाएको छ ।

महाअभियानका संयोजक मोहन निरौलाले राजनैतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तिहरुसँग अन्तरक्रिया गर्नेलगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए ।

उनले महाअभियान गैह्र मुनाफा र गैह्र व्यावसायिक रहने दाबी गर्दै महाअभियान प्रारम्भ भएको ३ महिनामा वक्तव्यमार्फत प्रगति विवरण सार्वजनिक गर्ने जनाए । ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं,’ उनले भने ।

महाअभियानको शुभारम्भ गर्दै फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताइन् ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरेकी छन् । परिवर्तन नेपालको संस्थापक अध्यक्षसमेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने समेत वाचा गरेकी छन् ।

महाअभियानको संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १२ : ३९ बजे

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा पुल नजिकै ट्रकको ठक्करबाट नेपाल

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ