सर्वोच्चमा विचाराधीन मुद्दामा पार्टीले कुनै दबाब दिँदैन : सभापति देउवा « Khabarhub

सर्वोच्चमा विचाराधीन मुद्दामा पार्टीले कुनै दबाब दिँदैन : सभापति देउवा


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कुनै किसिमको दबाब नदिने बताएका छन् ।

देउवाले पर्वतमा आयोजित हरिदत्त तिवारीको १८औं स्मृति सभामा सम्बोधन गर्दै कांग्रेसले स्वतन्त्र न्यायपालिकाको मान्यता बोकेकाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई दबाब नदिने बताएका हुन् ।

उनले भने, ‘कांग्रेस न्यायपालिका स्वतन्त्र भएको चाहन्छ । न्यायपालिकामा हस्तक्षेप गर्नहुँदैन । पार्टीले सर्वोच्चलाई विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन । अदालतले नियम, कानुन र ऐन हेर्छ ।’

त्यस्तै, देउवाले प्रधानमन्त्री केपाी शर्मा ओलीले वैशाखमा निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन नगरेको दाबी गरे ।

उनले भने, ‘प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गर्दैनन्, निवार्चन गराउन प्रतिनिधिसभा विघटन गरेका होइनन् ।’ उनले कार्यकर्ता एक भएर बलियो पार्टी निर्माण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  १० : १४ बजे

रसुवा बाढीका मृतकप्रति श्रद्धाञ्जली, ११ हजार १११ दीप प्रज्वलन 

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा शान्तिको

महिलाले राजविराज अस्पतालबाहिर बच्चा जन्माएकोबारे स्वास्थ्यमन्त्री : लापरबाही देखिए कडा कारबाही गरिन्छ

काठमाडौं- राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय