सिरिज भर्सनमा ‘मिष्टर एण्ड मिसेस स्मिथ’ « Khabarhub

सिरिज भर्सनमा ‘मिष्टर एण्ड मिसेस स्मिथ’


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–अभिनेता ब्राड पिट र अभिनेत्री एन्जेलिना जोली अभिनित सन् २००५ को फिल्म ‘मिष्टर एण्ड मिसेस स्मीथ’को रिमेक हुने भएको छ । सिरिजका रुपमा निर्माण हुन लागेको यो फिल्म आगामी वर्ष अमेजन प्राइममा रिलिज हुनेछ ।

रिमेक भर्सनमा अभिनेता डोनाल्ड ग्लोभर र अभिनेत्री फोइबी वालर–ब्रिजले प्रमुख भूमिका निभाउनेछन् । यो सिरिजमा ‘फ्लिब्याग’ स्टार वालर–ब्रिज र ‘एटलान्टा’ स्टार ग्लोभर कार्यकारी निर्माता पनि रहनेछन् ।

अमजेन स्टुडियोका प्रमुख जेनिफर साल्केले महत्वाकांक्षी यो सिरिजको लागि अहिले छलफल भइरहेको बताए । ‘डोनाल्ड र फोइबी अहिलेको विश्वमा प्रतिभावान कलाकार हुन् । त्यहीकारण हामीले उनीहरुलाई सिरिजमा लिएका हौं’, उनले भनेका छन् ।

बीबीसी थ्री सिरिज ‘फ्लिब्याग’का लागि वालर–ब्रिज र टेलिभिजन कमेडी ड्रामा ‘अटलान्टा’का लागि ग्लोभरले धेरै अवार्ड जितिसकेका छन् । गायकसमेत रहेका ग्लोभरले धेरै सांगीतिक अवार्ड पोल्टामा पारिसकेका छन् ।

फिल्म ‘मिष्टर एण्ड मिसेस स्मिथ’ रिलिजको समयमा यसले मिश्रित प्रतिक्रिया पाएको थियो ।
–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ११ : २० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी