दैनिक एक कप कफी पिउँदा हृदयघातबाट जोगिने वैज्ञानिकहरुको निष्कर्ष « Khabarhub

दैनिक एक कप कफी पिउँदा हृदयघातबाट जोगिने वैज्ञानिकहरुको निष्कर्ष


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी वैज्ञानिकहरुले दैनिक एक कप ब्ल्याक कफी पिउँदा मुटु रोगको समस्या १२ प्रतिशतसम्म कम हुने निष्कर्ष निकालेका छन् ।

२१ हजार जनामा गरिएको एक शोधपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । रिसर्चका अनुसार कफीमा पाइने एन्टीअक्सीडेन्टसले शरीरमा हुने स्वेलिङ (सूजन) को मात्रा कम गर्छ र भविष्यमा हुनसक्ने हृदयघातबाट जोगाउँछ ।

अमेरिकन हार्ट एसोसिएसन जर्नलमा प्रकाशित रिपोर्टमा यस्तो उल्लेख गरिएको हो ।

‘धेरैले कफी अथवा क्याफिन मुटुका लागि हानीकारक भएको मान्छन् किनकि यसले रक्तचाप बढाउँछ,’ रिसर्चमा सहभागी कोलोराडो स्कूल अफ मेडिसिनका प्रोफेसर डेबिड काओ भन्छन्, ‘तर कफीले हर्ट फेल हुन सम्भावना घटाउँछ, मानिसले धुम्रपान सेवन भने गर्नुहुँदैन ।’

अमेरिकी वैज्ञानिकहरुले रिसर्चका क्रममा २१ हजार व्यक्तिका विवरण संकलन गरेका थिए । उनीहरुमा कफी पिएपछि कस्तो असर देखियो भन्नेबारे अध्ययन गरिएको थियो ।

अमेरिकन कलेज अफ कार्डियोलोजीको एक रिसर्चको निष्कर्ष छ – हरेक दिन तीन कप कफी पिउँदा मुटुसम्बन्धि खतरा कम हुन्छ ।

यस्तै कफीले क्यान्सरबाट पनि जोगाउने अर्को एक रिसर्चले जनाएको छ । चिनियाँ शोधकर्ताहरुले गरेको शोधले कफी सेवन गर्दा क्यान्सरको सम्भावना कम हुने निष्कर्ष निकालेको छ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार उक्त रिसर्चमा ५७ हजार व्यक्तिको विवरण संकलन गरिएको थियो । ती व्यक्तिहरुले दैनिक एक वा दुई कप कफी पिउने गर्थे । कफीले प्रोस्टेट क्यान्सरबाट जोगाउन मद्दत गर्ने निष्कर्ष निकालिएको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  २ : ५९ बजे

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष

क्यान महासंघमा नेतृत्व परिवर्तन : अधिकारीले सम्हाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं- नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठन, कम्युटर

‘रविको मुद्दा फिर्ताले नेपाल कालोसूचीमा पर्ने जोखिम बढ्यो’

काठमाडौं- नेपाल एक वर्षभन्दा लामो समयदेखि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ