मधुबाला : दीलिपसँग प्रेम, किशोरसँग विवाह « Khabarhub

मधुबाला : दीलिपसँग प्रेम, किशोरसँग विवाह


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–अभिनेत्री मधुबालाको नाम बलिउडमा सबैभन्दा सुन्दर अभिनेत्रीको रुपमा लिइन्छ । फेब्रुअरी १४ मा उनको जन्मदिन पर्दछ । मधुबाला भलै यो संसारमा नरहे पनि उनलाई मनपराउनेको संख्यामा अझै कमी छैन ।

मधुबालाले आफ्नो जीवनमा चाहिने जति माया पाउन सकिनन् । उनले केवल ३६ वर्षको उमेरमा नै संसार छोडिन् ।

फिल्मी करियरमा मधुबालाको नाम धेरै अभिनेतासँग जोडियो । पहिलोपटक उनको नाम प्रेम नाथसँग जोडियो । त्यसपछि उनी निर्देशक केदार शर्मा र कमाल अमरोहीसँग जोडिइन् ।

यद्यपि मधुबाला अभिनेता दीलिप कुमारलाई मनपराउथिइन् । तर दीलिपसँग उनको विवाह सपना पुरा हुन सकेन ।

मधुबालाका पिता अताउल्हाह खानले दीलिप कुमारलाई कहिल्यै मनपराएनन् । मधुबालाकी बहिनी जाहिदाका अनुसार कुनै समय दीलिप कुमार र अताउल्लाह खानबीच एक व्यापारको विषयलाई लिएर मुद्दा परेको थियो । त्यहीकारण दीलिप कुमार मधुबालासँग टाढिएका थिए ।

मधुबालाले किशोर कुमारसँग कैयौं फिल्ममा अभिनय गरिन् । एकपटक मधुबालाको स्वास्थ्यमा समस्या आउदा किशोर कुमारले उनलाई प्रेम प्रस्ताव राखेका थिए । मधुबाला र किशोर कुमारको विवाह पछि उनीहरु उपचारका लागि लण्डन गए ।

मधुबालाको मुटुमा प्वाल परेको थियो । त्यहीकारण चिकित्सकले उनलाई दुई वर्षभन्दा बढी बाँच्न नसक्ने बताएका थिए ।

जाहिदाका अनुसार लण्डनबाट फर्किएपछि मधुबालालाई किशोर कुमारले एक्लै छाडेका थिए । मधुबाला मुम्बईको एक घरमा नर्स र ड्राइभरका साथ एक्लै बस्थिइन् । किशोरले मधुबालाको फोन पनि उठाउदैन थिए र महिनौंमा एकपटक भेट्न आउथे ।

दीलिप कुमारसँग सम्बन्ध सकिएपछि मधुबाली यति निराश थिइन् कि उनले आवेशमै किशोर कुमारसँग विवाह गरेकी थिइन् । उनको विवाह सन् १९६० मा भएको थियो, जुन समयमा उनी २७ वर्षकी थिइन् ।
–एजेन्सी

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : ४५ बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र