इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु | Khabarhub Khabarhub

इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाकार्ता (सिन्ह्वा)- इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको छ ।

यस प्रकोपबाट अन्य ४७ जना हराइरहेका सो प्रान्तका उपगभर्नर जोसेफ नाए सोइले जानकारी दिएका छन् ।

इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोबाट दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो । सयौँको संख्यामा विस्थापित भएका थिए ।

यद्यपि मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।

उनका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् । यसअघि बाढी पहिरोको प्रकोपबाट प्रभावित भएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए  ।

बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त  भएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ४५ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष