इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाकार्ता (सिन्ह्वा)- इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको छ ।

यस प्रकोपबाट अन्य ४७ जना हराइरहेका सो प्रान्तका उपगभर्नर जोसेफ नाए सोइले जानकारी दिएका छन् ।

इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोबाट दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो । सयौँको संख्यामा विस्थापित भएका थिए ।

यद्यपि मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।

उनका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् । यसअघि बाढी पहिरोको प्रकोपबाट प्रभावित भएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए  ।

बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त  भएको पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : ४५ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६