नेपाली क्रिकेट टोलीको घोषणा « Khabarhub

नेपाली क्रिकेट टोलीको घोषणा


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

बन्द प्रशिक्षणमा रहेका २० खेलाडीबाट क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।

छनोट टोलीमा कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन् । त्यसैगरी अविनाश बोहरा, आरिफ शेख, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी र शाहब आलम छनोट भएका छन् ।

नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेशियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यही वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : ५१ बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम