‘माइतीघर २’का निर्देशक सुबोधको कोरोनाका कारण निधन « Khabarhub

‘माइतीघर २’का निर्देशक सुबोधको कोरोनाका कारण निधन


३१ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्माणको तयारीमा रहेको नेपाली फिल्म ‘माइतीघर २’का निर्देशक सुबोध चोपडाको कोरोना संक्रमणका कारण भारतको मुम्बईमा निधन भएको छ । अभिनेता तथा निर्माता भुवन केसीले निर्माण गर्न लागेको यो फिल्ममा उनी अनुबन्धित भइसकेका थिए ।

भुवनले सामाजिक सञ्जालमा सुबोध, भुवन र अनमोल केसीको तस्वीर राख्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । ‘कोभिडका कारण भारतीय फिल्मका लेखक तथा निर्देशक सुबोध चोपडाको मुम्बईमा निधन भएको खबरले स्तब्ध भएको छु । ‘माइतीघर २’ उहाँको ड्रिम प्रोजेक्ट थियो र यो महामारी सकिने बित्तिकै यसको काम थाल्ने भनेर केही दिन अघि मात्र पनि कुरा भएको थियो’, उनले लेखेका छन् ।

भुवनले ‘माइतीघर २’ सुबोधको प्यासन प्रोजेक्ट भएकाले श्रद्धाञ्जली स्वरुप भए पनि यो फिल्म पूरा गर्ने वाचा गरेका छन् । भुवनका अनुसार फिल्मका लागि सुबोधसँग सम्झौताका सम्पूर्ण काम भइसकेको छ ।

सुबोधले ‘मर्डर’, ‘रोग’ ‘तुमसा नहीँ देखा’ जस्ता फिल्म लेखिसकेका छन् । भुवनले २०२३ सालमा रिलिज भएको फिल्म ‘माइतीघर’को कथालाई निरन्तरता दिँदै ‘माइतीघर २’ बनाउन लागेका हुन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ४ : ५१ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित