अदालतको आदेश–फिल्म समीक्षाले चरित्र हत्या हुदैन « Khabarhub

अदालतको आदेश–फिल्म समीक्षाले चरित्र हत्या हुदैन


३१ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई वर्ष अघि फिल्म ‘वीरविक्रम २’ लाई लिएर गरिएको समीक्षा विवादलाई पाटन उच्च अदालतले अन्तिम फैसलामार्फत टुंग्याएको छ । अदालतले फिल्म समीक्षाले कसैको चरित्र हत्या नहुने आदेश सुनाउदै विवाद टुंग्याएको हो ।

मिम नेपाल युट्युव च्यानलमार्फत कमेडियन प्रनेश गौतमले फिल्म ‘वीरविक्रम २’ लाई व्यंग्यात्मक शैलीमा समीक्षा गरेपछि उनको समीक्षा शैलीमा आपत्ति जनाउदै फिल्मका निर्देशक एवं निर्माता मिलन चाम्सले प्रहरी र अदालतमा उजुरी दिएका थिए ।

उजुरी परेपछि गौतमविरुद्ध विद्युतीय कारोवार ऐनअन्तर्गत मुद्दा चलाएर उनलाई आठ दिनसम्म प्रहरी हिरासतमा राखिएको थियो । गौतमलाई हिरासतमा राखिएपछि अभिव्यक्ति तथा वाक स्वतन्त्रताको हनन भएको भन्दै युवा समूहरले प्रदर्शनसमेत गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले २०७६ साउन ९ गते प्रनेशको पक्षमा फैसला गरे पनि चित्त नबुझेको भन्दै सरकारले फैसलाविरुद्ध पुनरावेदन गरेको थियो । पाटन उच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै समीक्षाले कसैको मानमर्दन नहुने आदेश दिएको हो ।

‘जाहेरी तथा अभियोगमा चलचित्रको व्यापार व्यवसायमा नोक्सानी पार्ने नियतले समीक्षा गरेको भनी वादी पक्षले प्रतिवादीलाई आरोपित गरेको भए पनि प्रतिवादीले जाहेरवालाको इज्जत प्रतिष्ठा, चरित्र हत्या हुने गरी इन्टरनेटको माध्यमबाट कुनै सामग्री प्रकाशित गरेको देखिँदैन र व्यापारिक घाटा भन्ने कुरा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७(१) को कसूरको विषय हुन सक्ने समेत देखिंदैन,’ अदालतको फैसलामा भनिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७८, सोमबार  ४ : २६ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा