बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने « Khabarhub

बङ्लादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाइने


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बङ्लादेशमा लागू हुँदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय भएको छ ।

इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो ।

यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल अजहा बङ्लादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ ।

लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलिनका लागि अपनाउनु पर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनु पर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

भौतिक दूरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनु पर्ने, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्नुपर्नेलगायतका मापदण्ड पालना गर्नुपर्ने सरकारको निर्णय छ ।

पसलहरू, सपिङ मललगायतका ठाउँमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ५५ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट