एमाले स्थायी कमिटी बैठक अनिश्चित, कार्यदलको सहमति के होला ? « Khabarhub

एमाले स्थायी कमिटी बैठक अनिश्चित, कार्यदलको सहमति के होला ?


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक अनिश्चित भएको छ ।

मंगलबार नै बस्ने भनिएको बैठक अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनले स्थगित भएको थियो । आजको बैठकको स्थान र समय निर्धारण भइनसकेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

ओलीले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्ने भएकाले बैठक बस्ने सम्भावना कम रहेको तामाङले बताएका छन् । तथापि भ्याइएको खण्डमा आजै बैठक बसेर केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने उनले बताए ।

बैठकमा पार्टी एकताका लागि कार्यादलमा भएको १० बुँदे सहमति अनुमोदन गर्ने यसअघि बताइए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपाल-खनाल समूहसँग ओली रुष्ट छन् ।

ओलीले मंगलबार देशबासीका नाममा गरेको सम्बोधनमा पनि नेपालको आलोचना गरेका थिए । नेपाल-खनाल पक्ष पनि बैठकमा जाने नजानेबारे अझै निर्णयमा पुगिसकेको छैन ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ९ : ५५ बजे

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिबाना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले खाएको अमलेटमा माछाको काँडा भेटिएको

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो