बालकोटको बार्दलीबाट ओलीको रोषपूर्ण गर्जन « Khabarhub

बालकोटको बार्दलीबाट ओलीको रोषपूर्ण गर्जन


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिजोमात्र प्रधानमन्त्री पदबाट बाहिरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारबाट बालकोट पुगेर सर्वोच्च अदालतप्रति रोष प्रकट गरेका छन् ।

उनले नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको चेतावनी पनि दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आज निजी निवास बालकोट पुगेका ओलीले माधव नेपालले पार्टीभित्र आत्मालोचना गर्ने कुनै ठाउँ नै नराखेको बताए ।

निजी निवासमा ओलीलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले माधव नेपाललाई एमालेमा स्वीकार्ने कुनै ठाउँ नै बाँकी नरहेको बताए ।

उनले भने, ‘हाम्रो साथीहरू विकाउ माल बने, बिरोधीलाई अदालतबाट सत्ता बुझाए, ती विकाउ मालको अवस्था भविश्यले निर्धारण गर्ला । अरु साथीहरूको हकमा पार्टीमा सँगै काम गर्न सकिएला तर माधव नेपालको हकमा एमालेमा स्वीकार्ने कुनै ठाउँ बाँकी छैन ।’

ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा नेपालको अदालतमा भएको टिप्पणी गरे । उनले भने, ‘अदालतले प्रधानमन्त्री तोक्ने विश्वमा कहिँ नभएको जात्रा हाम्रो अदालतमा !’

उनले अदालतको फैसलाले नेपाली जनताको जनादेशको अपमान भएको पनि बताए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  २ : २३ बजे

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि