दाङमा रेडपाण्डाको छालासहित दुई पक्राउ « Khabarhub

दाङमा रेडपाण्डाको छालासहित दुई पक्राउ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु (रेडपाण्डा) रातो हाब्रेको छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गा नगरपालिका–८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट दह ३ घर भई हाल जुनीचाँदी गाउँपालिका–७ बस्ने ४८ वर्षीय डिलबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरूलाई घोराही उपमहानगरपालिका–१६ गुरुवामा प्रतिबन्धित (रेडपाण्डा) को छाला बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट पुच्छरदेखि टाउँकोसम्म २ फिट १० इन्च लम्बाई भएको नङ्ग्रासहितको रेडपाण्डा जस्तो देखिने सुकेको छाला एक थान, काइनेटिक टल्कने ढुङ्गा सानो ठूलो गरी ३२ वटा र एक थान मोबाइल बरामद गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ०१ बजे

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको