पदभार ग्रहण गर्दै उर्जामन्त्रीले भनिन् : पूर्वाग्रह नराखी परिणाममुखी काम हुन्छ « Khabarhub

पदभार ग्रहण गर्दै उर्जामन्त्रीले भनिन् : पूर्वाग्रह नराखी परिणाममुखी काम हुन्छ


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले मुलुकका सबै क्षेत्रमा बिजुलीको पहुँच पुर्‍याउने लक्ष्यका साथ काम गर्ने बताएकी छन् ।

बुधबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री भुसालले बिजुली बत्ती बाल्नै नपाउनेहरूको संख्या नेपालमा धेरै रहेको भन्दै बिजुलीको पहुँच चाँडो पुर्‍याउनुपर्ने बताइन् । उनले जलविद्युतको क्षेत्रमा धेरै लक्ष्य राख्ने तर लक्ष्य पूरा नहुने क्रम दोहोरिँदै आएकाले त्यस्तो प्रवृत्तिलाई सुधार गर्नुपर्ने धारणा राखिन् । उनले नेपालमा लोडसेडिङ कहिल्यै नहुनेमा जोड दिनुपर्ने बताइन् ।

आफूले काममा कुनै पूर्वाग्रह नराख्ने तर परिणाममुखी काम निकाल्नुपर्ने स्पष्ट पारिन् । मन्त्री भुसालले देश र जनताको सपना पूरा गर्न आत्मसाथ गर्नुपर्ने बताइन् ।

कृषि प्रधान देश भनिए पनि सिंचाईको समस्या ठूलो रहेको भन्दै उनले सबै कृषि योग्य ठाउँमा बाह्रै महिना सिंचाई पुर्‍याउन लाग्नुपर्ने बताइन् । उनले अहिले बाढीपहिरो र भुक्षय बढेको र विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने धारणा उल्लेख गरे ।

मंगलबार सपथ गरेकी मन्त्री भुसालले बुधबार सिंहदरबार पुगेर पदभार सम्हालेकी हुन् । मन्त्रालयमा उनलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : ५५ बजे

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको