कालीगण्डकी डाइभर्सनको काम तत्काल अघि नबढाउन अन्तरिम आदेश « Khabarhub

कालीगण्डकी डाइभर्सनको काम तत्काल अघि नबढाउन अन्तरिम आदेश


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजनाको काम तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज उक्त परियोजनाको काम अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, “कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महत्वको देखिएकाले प्रस्तुत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई परिर्वतन गर्ने गरी ड्याम बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालीग्राम चोरी निकासी विनास गर्नेलगायत कार्यलाई यथास्थितिमा राख्नु ।”

आदेशमा परम पावन आर्यावर्त भूमिको शीर्षस्थ स्थान हिमवत्व खण्ड नेपालको पश्चिमाञ्चल क्षेत्रमा अवस्थित सिद्धभूमि हिमालय पर्वतबाट निस्किएकी कालीकण्डकी विश्वकै पवित्र नदी भएको हुँदा उक्त नदीको सौन्दर्यलाई असर पर्ने गरी कुनै पनि कार्य नगर्न भनिएको छ ।

सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले शालीग्राम पाइने विश्वकै एकमात्रै नदी कालीगण्डकीको स्वरुप परिवर्तन हुने गरी डाइभर्ट गरेर रुपन्देहीको तिनाउ खोलामा झार्न लागिएको हुँदा रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

यसअघि, यही असार २३ गते न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले लिखित जवाफ माग गरेको थियो । आज दुवै पक्षको छलफलपछि तत्कालका लागि त्यहाँको काम रोक्न अन्तरिम आदेश जारी भएको हो ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ८ : ११ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह