आज यी नदीमा पानीको बहाब बढ्न सक्ने « Khabarhub

आज यी नदीमा पानीको बहाब बढ्न सक्ने


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज देशका केही नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले सूचनामार्फत् विशेष गरी कोशी, कर्णाली र यी नदीका सहायक नदीहरुमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । यस्तै आज तिनाउ, पश्चिम राप्ती र बबईलगायतका मझौला नदीहरुमा पनि पानीको बहाव बढ्ने अनुमान छ । तर सतर्कता तह भन्दा तलै रहनेछ ।

प्रदेश नम्बर एकको इलाम, उदयपुर, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, वाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा, बाग्लुङका नदी तथा खोलामा पानीको बहाव केही बढ्ने सम्भावना रहेको छ ।

यस्तै,​ लुम्बिनी प्रदेशको नवलपरासी, गुल्मी, पाल्पा, प्युठान, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दिया तथा कर्णाली प्रदेशको सुर्खेत, सल्यान, लगायतका नदी तथा खोलामा पानीको बहाव केही बढ्ने अनुमान गरिएको छ।

सुदूरपश्चिमको डोटी लगायतका केही नदीमा पनि सामान्य रुपमा पानीको बहाव बढ्ने सम्भावना छ । यसैबीच अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखाको प्रभावले अबको केही दिन मनसुन थप सक्रिय हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  १ : ०० बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका