पुनः पार्टी एकता गरौँ भनेपछि प्रचण्डले मजाक बनाए : ओली « Khabarhub

पुनः पार्टी एकता गरौँ भनेपछि प्रचण्डले मजाक बनाए : ओली


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले एकीकृत पार्टी भएको बताएका छन् । एमाले–माओवादी केन्द्र एकता विघटनपछि पनि एमाले एकीकृत पार्टी भएको उनले दाबी गरेका हुन् ।

मंगलबार झापाको बिर्तामोडमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेमा पूर्वमाओवादीका पनि नेता कार्यकर्ता रहेको भन्दै यस्तो दाबी गरेका हुन् ।

‘अदालतले एकता भंग गरेको हैन, पार्टी दर्ता भंग गरेको हो । फेरि एकता गर्न सकिन्थ्यो । त्यसका लागि प्रचण्डलाई पनि फोन गरेर भनेँ, तर उनले मजाक बनाए,’ उनले भने, ‘नेकपामा हुँदा माओवादी आन्दोलनमा योगदान दिने साथीहरू एमालेमै हुनुहुन्छ । यो पार्टी एकीकृत पार्टी हो । कानुनी रूपमा एमाले नाम रह्यो ।’

उनले माओवादीमा रहेकालाई पनि एमालेमा आउन आग्रह गरे । प्रचण्डको मोहजालले माओवादीमा रहेका नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिने दाबी गरे ।

ओलीले माधव नेपाल प्रतिक्रियावादी भएको आरोप लगाए । नेपालले एमाले कमजोर बनाउन लागेको ओलीको आरोप थियो । ‘माधव नेपाल पार्टी बनाउन चाहँदैनन् । नभए त यत्रो ठूलो पार्टीबाट चोइटिएर जाँदैन थिए,’ उनले भने, ‘पिलो निचोरेर तौल घट्दैन । माधव नेपाल चोइटिएर एमाले सानो हुँदैन ।’
एमाले विभाजनपछि ओली मंगलबार पहिलो पटक गृह जिल्ला पुगेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि पनि उनको यो पहिलो गृह जिल्ला भ्रमण हो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ३ : ५७ बजे

विश्वकपमा नेपाली टोली छनोट हुने सम्भावना छ : प्रशिक्षक हर्षल पाठक

काठमाडौं– नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल

कम्बोडियामा थाई सेनाको आक्रमण जारी : रक्षा मन्त्रालय

एजेन्सी – थाई सैन्य बलले मंगलबार सम्म कम्बोडियाका धेरै क्षेत्रहरुमा

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुवेदीको उम्मेदवारी घोषणा

काठमाडौं– उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष

यही चुनावमै बालेलनाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका