ओमानविरुद्ध नेपालले थाल्यो ब्याटिङ, दोस्रो बलमै नेपालले गुमायो विकेट | Khabarhub Khabarhub

ओमानविरुद्ध नेपालले थाल्यो ब्याटिङ, दोस्रो बलमै नेपालले गुमायो विकेट


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले ओमानविरुद्ध ब्याटिङ थालेको छ ।

टस जितेर नेपालले ब्याटिङ रोजेको हो । नेपालको ओपनिङमा गएका कुशल भुर्तेल दोस्रो बलमै आउट भएका छन् । बिलाल खानलको बलिङमा भुर्तेल क्याच आउट भएका हुन् ।

नेपालको ओपनिङमा भुर्तेल र आशिफ शेख मैदानमा उत्रिएका थिए । अमेरिकाविरुद्ध खेलेको टिमले नै ओमानविरुद्ध खेल्नेछ । नेपाल लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

यसअघि हिजो भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : १८ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण