आसिफले बनाए अर्धशतक « Khabarhub

आसिफले बनाए अर्धशतक


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका ओपनर क्रिकेटर आसिफ शेखले ओमानविरुद्धको खेलमा मंगलबार अर्धशतक बनाएका छन् । क्रिकेट विश्वकप लिग २ अन्तर्गत मंगलबार ओमानको अल अमिरात मैदानमा जारी खेलमा उनले अर्धशतक बनाएका हुन् ।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले खराब सुरुआत गरेको थियो । ओपनर कुशल भुर्तेललाई शून्यमा गुमाएको नेपाललाई आसिफ र रोहित पौडेल्ले सम्हालेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले १९ ओभरमा ८८ रन बनाएको छ । आसिफ ५२ र रोहित पौडेल १२ रनमा खेलिरहेका छन् ।

भुर्तेल शून्य रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले २१ रनको योगदान दिएका थिए । नेपालले सोमबार लिगको पहिलो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ५ : ५४ बजे

एमालेको ११ औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित, भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौं- नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय स्वाधीनता,

ओलीको उद्घोष : पार्टीलाई एकताबद्ध गरेर निर्णायक राष्ट्रिय शक्ति बनाउँछु

काठमाडौं- नेकपा एमालेका तेस्रो कार्यकाल अध्यक्ष भएका केपी शर्मा ओली

चलचित्र ‘कुमारी’को ‘तिमी बिना’ सार्वजनिक

काठमाडौं – माघ २३ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘कुमारी’को

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने