बंगलादेशमा दुर्गा पूजामा आक्रमण, कम्तिमा ३ जनाको मृत्यु « Khabarhub

बंगलादेशमा दुर्गा पूजामा आक्रमण, कम्तिमा ३ जनाको मृत्यु


२८ आश्विन २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बंगलादेशमा एक भिडियो भाइरल भएपछि बिहीबार दुर्गा पूजा भइरहेको स्थानमा बंगाली मुस्लिमहरुले आक्रमण गरेका छन् । बीबीसीका अनुसार बंगलादेशको कोमिल्ला जिल्लामा दुर्गा पूजाका क्रममा कुरानको अपमान गरिएको फेक भिडियो भाइरल भएपछि दर्जनौं दुर्गा पूजा स्थलमा तोडफोड भएको छ । अधिकारीहरुले कम्तिमा ३ जनाको मृत्यु भएको जनाएका छन् । बंगलादेशी प्रहरीले हिंसात्मक झडपमा सहभागी भएको आरोपमा १० जनालाई पक्राउ गरेको जनाएको छ ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएका कारण हिंसा भड्किएको जनाइएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  १० : १३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको