महिला मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै « Khabarhub

महिला मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ ।

यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको थियो ।

दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै धनगढी फाइनलसहित राष्ट्रिय लिगमा छनोट हुन सफल भएको थियो ।

यसअघि एन्फाले ३१ टोली सहभागीलाई १० समूहमा विभाजन गरिएको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका एन्फाले दिएको थियो ।

अब, यसै सिजनमा हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब (पुलिस, आर्मी, एपीएफ) चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ३७ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने