एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण « Khabarhub

एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि महाधिवेशनस्थल भृकुटीमण्डपको मुख्य प्रवेशद्वार नजिक स्थापना गरिएको स्वास्थ्य शिविरमा एक हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले स्वास्थ्य सेवा लिएका छन् ।

महाधिवेशनका लागि पार्टीले पूर्वमन्त्री एवम् नेता मोहनबहादुर बस्नेत संयोजक रहेको स्वास्थ्य समिति गठन गरेको थियो । शिविरमा महाधिवेशन प्रतिनिधिले खासगरी उच्च रक्तचाँप र मधुमेहसम्वन्धी परीक्षण गराउनुभएको डा हेमन्त गौतमले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिलाई शिविरमा स्वास्थ्य परीक्षण गराई निःशुल्क औषधि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनका लागि प्राडा रामचन्द्र अधिकारीको नेतृत्वमा १० सदस्य स्वास्थ्य टोली खटिएको छ । परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्वन्धी समस्या देखिएको पनि डा गौतमले बताउनुभयो । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्येनजर गरी शिविरबाट महाधिवेशन प्रतिनिधिलगायतलाई मास्क र स्यानिटाइजर निःशुल्क वितरण वितरण गरिएको छ ।

साथै समितिले मतदान प्रवेशद्वारमा पूरै शरिर स्यानिटाइज हुने व्यवस्था मिलाएको छ । महाधिवेशनका लागि स्वास्थ्य सेवा विभाग र औषधि उत्पादक कम्पनीले निःशुल्क औषधिको व्यवस्था गरेको हो । महाधिवेशनका लागि नरदेवी आयुर्वेदिक अस्पतालबाट औषधिसहित कविराजको टोली पनि खटिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ०३ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मुल्य

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

‘ओलीकै हठले प्रदेशमा कांग्रेस-एमाले समीकरण भत्कियो’

काठमाडौं- लामो समयदेखि सत्ताको वरपर घुमिरहने नेकपा, नेकपा एमाले र

चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गरेको ट्रम्पको दाबी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको निर्वाचनसम्बन्धी डाटामा घुसपैठ गरेको

‘शैक्षिक हब’ बनाउन वीरेन्द्रनगरले अघि सार्यो सुधारका कार्यक्रम

काक्रेविहार– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्ष २०८३-८४ लाई ‘शैक्षिक

तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौं– बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६ घटना