इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्री खुला | Khabarhub Khabarhub

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजदेखि बिक्री खुला


२ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ आज शुक्रवारदेखि सर्वसाधारणका लागि बिक्री खुला हुँदैछ ।

बैंकले नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ जारी गर्न लागेको हो ।

निष्कासन गर्न लागिएको कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिने सक्नेछन् ।

आज कार्यालय समयबाट खुल्ला हुने आइपीओ छिटोमा माघ ६ गते बन्द हुनेछ । तर त्यस अवधिभित्र पनि पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ । बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  १० : १३ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज