दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी, नेपाली पनि प्रभावित | Khabarhub Khabarhub

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी, नेपाली पनि प्रभावित


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सउल– दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना महामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।

यहाँको एक सरकारी तथ्याङ्कअनुसार वर्षको पहिलो महिनामै करीब १० लाख रोजगारी कटौती गरिएको छ । यसरी बेरोजगार हुनेको सङ्ख्या सन् १९९८ मा भएको एशियन वित्तीय सङ्कटपछिको पहिलो हो ।

कोभिड– १९ का कारण सरकारले पारेको कडा सामाजिक दूरीका कारण रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीमा काम गर्ने कामदार सबैभन्दा बढी छन् । त्यसैगरी होटेल रेस्टुरेन्ट तथा अन्य मनोरञ्जनस्थलमा काम गर्ने अधिकांश कामदारले रोजगारी गुमाएका छन् ।

कोरोना महामारीकै कारण हालसम्म रोजगारी गुमाउनेको सङ्ख्या २५.८ मिलियन छ । हालसम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्या आठ लाख ९८ हजार छ भने आंशिक समय काम गर्ने पाँच लाख ६३ हजारले रोजगारी गुमाएका छन् ।

त्यसैगरी दैनिक ज्यालादारीमा काम गर्ने दुई लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वरोजगार एक लाख ५८ हजारले रोजगारी गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ ।

जानकारहरु कोरियामा यति धेरै रोजगारी गुम्नु भनेको नेपाली कामदारलाई पनि अप्रत्यक्षरुपमा असर पर्ने बताउँछन् । कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार छ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपिएसको परीक्षासमेत हुन सकेको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ४ : २५ बजे

नेपाली कांग्रेसद्वारा विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– कात्तिकः नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

गलकोट– यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरूको

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

कास्की– प्रहरीले पोखराको नयाँजबार, लप्सीबोट र मोहरियाटोलबाट २० जुवाडेलाई पक्राउ

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला– जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय

विगतको सिकाइ र भोगाइबाट यस वर्षको विपद्मा मिलेको सफलता

काठमाडौं– पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरूपता कायम गर्न सकेको