बजेटको अभावमा खोप अभियान प्रभावित हुन दिँदैनौं : राज्यमन्त्री राउत « Khabarhub

बजेटको अभावमा खोप अभियान प्रभावित हुन दिँदैनौं : राज्यमन्त्री राउत


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले बजेटको अभावमा कोभिड–१९ विरुद्धको खोप अभियान प्रभावित हुन नदिने बताएका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ’कोभिड १९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तरक्रियामा राज्यमन्त्री राउतले बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय र अन्य निकायसँग समन्वय गर्न समेत तयार रहेको बताए ।

उनले सरकारले निर्धारण गरेको प्राथमिकता र मापदण्डका आधारमा खोप लगाउन आग्रह गरे ।

कोभिसिल्ड खोपको गुण्स्तरीयता, भण्डारण गर्दा अपनाइएको मापदण्ड, उत्पादन क्षमता र न्यून आय भएकाले पनि खरीद गर्न सक्ने मूल्यको आधारमा नेपालमा मान्यता दिइएको उनले बताए ।

त्यस्तै उनले कोरोना नियन्त्रणमा सरकारले उत्कृष्ट काम गर्न सफल भएको  समेत दाबी गरे ।

कार्यक्रममा परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक गौतमले कोभिसिल्ड खोप नेपाल सहित १६ वटा राष्ट्रमा प्रयोग भइरहेको भन्दै निर्धक्कका साथ खोप लगाउन सबैलाई आग्रह गरे ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा अनुप बास्तोला सरकारले ५५ वर्ष माथि व्यक्ति र दीर्घ रोगीहरुलाई खोपको पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ५ : ३१ बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम