जर्ज बनार्ड शाको एक प्रेरक प्रसङ्ग « Khabarhub

जर्ज बनार्ड शाको एक प्रेरक प्रसङ्ग


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा पार्टीमा बनार्ड शाको एक युवतीसँग भेट भयो । उनी अत्यन्त महँगा–महँगा पोशाकमा सजिएर आएकी थिइन् । ती युवतीले शालाई सोधिन्— ‘तपाइँलाई मेरो उमेर कति भयो जस्तो लाग्छ ?’

शाले केही क्षणसम्म त्यस युवतीलाई तलदेखि माथिसम्म नियाले र भने— ‘दाँत हेर्ने हो भने तपाईंको उमेर १८ वर्ष भन्नुपर्ला, कपाल हेर्दा १९ वर्ष र तपाईंको हाउभाउ तथा चालढाल हेर्दा १४ वर्षको भनेर अनुमान गर्न सकिन्छ ।’

युवतीले मख्ख पर्दै भनिन्— ‘तपाइँका यी विचारका लागि धन्यवाद । तर म यस विषयमा तपाइँको एउटै विचार जान्न चाहन्छु ।’

‘हेर्नुस्, मैले एउटै विचार सुनाएको हुँ । सायद, तपाईंले बुझ्न सक्नु भएन । १८, १९ र १४ लाई जोड्नुस्, तपाईंले मेरो अन्दाज थाहा पाउन सक्नुहुनेछ ।’ — शाले जवाफ दिए ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ०५ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।