दोस्रो टी-ट्वान्टीमा भारतको जित « Khabarhub

दोस्रो टी-ट्वान्टीमा भारतको जित


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  इंग्ल्यान्डविरूद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टिम भारत विजयी भएको छ ।

अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले ।

डेब्यु खेलमै अर्धशतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए ।

कप्तान कोहली ७३ रनमा अविजित रहे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै ऋषव पन्तले २६ रन जोड्दा केएल राहुल सुन्य रनमा आउट भए । श्रेयस एयरले अविजित ८ रन बनाए ।

इंग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

इंग्ल्यान्डका जासन रोयले सर्वाधिक ४८ रन बनाए । कप्तान इयान मोर्गन २८ रनमा आउट भए । बेन स्टोक्स र डाविड मालनले समान २४/२४ रन बनाउँदा जोनी बेयर्स्टोले २० रन बनाए ।

भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २/२ विकेट लिए । युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

भारतको जितसँगै ५ खेलको सिरिजमा १-१ को बराबरीमा पुगेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ३८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु