म्यान्मारमा सैन्य शासनविरुद्धको आन्दोलन जारी राख्छौँ- मान विन खाइन थान « Khabarhub

म्यान्मारमा सैन्य शासनविरुद्धको आन्दोलन जारी राख्छौँ- मान विन खाइन थान


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यापित (एएफपी)-  सेनाले देशको शासनसत्ता हातमा लिएपछि पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै म्यान्मारका नेता मान विन खाइन थानले ‘आन्दोलन’ लाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘अहिलेको अवस्था देशका लागि सबैभन्दा अँध्यारो क्षण हो । साथै छिट्टै बिहानी आउन लागेको अवस्था पनि हो, उनले भने .

सेनाले पक्राउ गर्नुअघि नै भाग्न सफल एनडीएलका सांसदहरूले ‘सीआरपीएच’ नामक एउटा समिति गठन गरेका थिए ।

मान विन खाइन थान त्यसका प्रमुख छन् र सीआरपीएचले म्यान्मारको आधिकारिक सरकारका रूपमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्न खोजिरहेको छ ।

भूमिगत रहेर नै उनले सैन्य ‘कु’ स्वीकार गर्न नमान्ने सांसदहरूको एउटा समूहको नेतृत्व गरिरहेका छन् ।

सैन्य शासनविरूद्ध भएको आन्दोलनका क्रममा आइतबार म्यान्मारमा ३८ प्रदर्शनकारीहरूको मृत्यु भएको छ ।

सेनाले सत्ता हातमा लिएर नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) की नेत्री आङ सान सूकीलाई नियन्त्रणमा लिएपछि म्यान्मारमा आन्दोलन भइरहेको छ ।

गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै बहुमत प्राप्त समूहलाई नेतृत्व नदिई सैनिक सक्रियतामा सरकार गठन गरेको छ ।

यद्यपि सेनाले एक वर्षभित्र निर्वाचन गरी निर्वाचित सरकारलाई नेतृत्व सुम्पन आफु तयार रहेको धारणा सार्वजनिक गर्दै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको सेनाको दाबीसँग असहमत रहँदै आएका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता नपाएको जनाएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४० बजे

ठूल दल बन्न वैकल्पिक शक्ति र नेता फकाउँदै रास्वपा

काठमाडौं–गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका

मन्त्री घिसिङले गरे बाढीपहिरोबाट क्षतिग्रस्त काभ्रेपलाञ्चोकका विभिन्न स्थलमा निरीक्षण

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले गत

एमाले युवा नेता प्रकाश पौडेल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

काठमाडाैं- नेकपा (एमाले) को मंसिर २७ देखि हुने एघारौँ महाधिवेशनका

नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा धनगढीमा सुरु (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिस्ट पार्टीको पार्टी एकता सन्देशसभा धनगढीमा सुरु भएको

चार वर्षे कार्यकाल पूरा गरी बिदा भए राखेपका सदस्य सचिव घिसिङ

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा