केपी शर्मा ओली र माधव नेपालसहितका नेताहरूको बैठक धुम्बाराहीमा शुरू « Khabarhub

केपी शर्मा ओली र माधव नेपालसहितका नेताहरूको बैठक धुम्बाराहीमा शुरू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष एवम् केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच बैठक शुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी पक्षका महासचिव ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायत सहभागी छन् । माधव नेपाल समूहतर्फ नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताएपछि विवाद बढिरहेका बेला दुई पक्षबीच चार महिनापछि भेटवार्ता भएको हो । ओली र नेपालबीच गत कार्तिक २५ गते यता भेट भएको थिएन ।

ओली र नेपाल दुवै पक्षका नेताहरुले बैठकका लागि प्रयास गरिरहेका थिए ।  ओलीले नेपाललाई बैठकका लागि बालुवाटार बोलाए पनि नेपालले नमानेपछि धुम्बाराहीमा बैठक बसेको हो ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते आफू निटक नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर महासचिव बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेका थिए । ओलीको यो कदमपछि एमालेभित्र विवाद चर्किएको थियो ।

माधव नेपाल समूहले आइतवार साँझ ११ जना स्थायी कमिटी सदस्यले वक्तव्य जारी गर्दै ओलीको कदमको विरोध जनाएका थिए । नेपाल पक्षले ओलीको निर्णयको प्रतिक्रियास्वरुप समानान्तर विभागहरु गठन गरेको छ ।

यता अध्यक्ष ओलीले चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएका छन् भने चैत्र ३ गतेलाई चियापान कार्यक्रम राखेका छन् । नेपाल पक्षले चैत्र ४ र ५ गतेलाई राष्ट्रिय भेला बोलाएको छ ।

 

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ११ : ४५ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको