सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक « Khabarhub

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था समितिको बैठक


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

सभामुख अग्नि सापकोटाले आज दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

चैत्र ३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुखले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् ।

यसअघि पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनविरुद्ध परेको रिटमाथि फैसला सुनाउँदै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । त्यसपछि दुईपटक प्रतिनिधिसभाको बैठक बसिसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १२ : ०९ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी