विराटनगरका सात उद्योगीविरूद्ध मुद्दा « Khabarhub

विराटनगरका सात उद्योगीविरूद्ध मुद्दा


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योगीविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री–वितरण गरेको पाइएपछि सात उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले सात वटा उद्योग तथा पसलविरुद्ध मुद्दा दायर गरेको बताए ।

उनका अनुसार बालाजी डेरी उद्योग, बालाजी ट्रेडिङ एन्ड कन्सर्नविरुद्ध न्यून गुणस्तरको घ्यू उत्पादन तथा बिक्री–वितरण गरेको पाइएपछि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

यस्तै, शिवम डेरी उद्योगविरुद्ध अस्पष्ट लेबल विवरण भएको खाद्य पदार्थ बिक्री–वितरण गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरिएको छ ।

बिराट गोल्छा घ्यू प्याकेजिङ्गविरुद्ध न्यून गुणस्तरीय घ्यू उत्पादन तथा बिक्री–वितरण गरेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

एसियन फिड्स प्रालि बूढीगङ्गाविरुद्ध दूषित दाना पदार्थको उत्पादन तथा बिक्री–वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरिएको रिजालले बताए । सगुन पाउरोटी उद्योग, रुमन फुड एन्ड वेभरेज उद्योग प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : २५ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको