विराटनगरका सात उद्योगीविरूद्ध मुद्दा « Khabarhub

विराटनगरका सात उद्योगीविरूद्ध मुद्दा


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सात वटा उद्योगीविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री–वितरण गरेको पाइएपछि सात उद्योगविरुद्ध मुद्दा दायर गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले सात वटा उद्योग तथा पसलविरुद्ध मुद्दा दायर गरेको बताए ।

उनका अनुसार बालाजी डेरी उद्योग, बालाजी ट्रेडिङ एन्ड कन्सर्नविरुद्ध न्यून गुणस्तरको घ्यू उत्पादन तथा बिक्री–वितरण गरेको पाइएपछि मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

यस्तै, शिवम डेरी उद्योगविरुद्ध अस्पष्ट लेबल विवरण भएको खाद्य पदार्थ बिक्री–वितरण गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरिएको छ ।

बिराट गोल्छा घ्यू प्याकेजिङ्गविरुद्ध न्यून गुणस्तरीय घ्यू उत्पादन तथा बिक्री–वितरण गरेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

एसियन फिड्स प्रालि बूढीगङ्गाविरुद्ध दूषित दाना पदार्थको उत्पादन तथा बिक्री–वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी गरिएको रिजालले बताए । सगुन पाउरोटी उद्योग, रुमन फुड एन्ड वेभरेज उद्योग प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : २५ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी