धुम्बाराहीमा बसेको ओली र नेपाल पक्षको बैठक सकियो « Khabarhub

धुम्बाराहीमा बसेको ओली र नेपाल पक्षको बैठक सकियो


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको छलफल सकिएको छ ।

झण्डै ३ घण्टा पार्टी कार्यालय धुम्बाराहीमा बसेको दुई समूहको छलफल सकारात्मक भएको एमालेका नेता रघुजी पन्तले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘सौहार्दपुर्ण रुपमा वार्ता भयो । वार्ता सकारात्मक भयो । कुराकानी जारी रहन्छ । कुराकानी जारी राख्ने तर अहिलेको अवस्थामा आ–आफ्ना अडान कायमै छन् ।’

बैठकपछि प्रतिक्रिया दिँदै नेता पन्तले एमालेलाई बलियो बनाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक भूमिका खेल्ने अपेक्षा राखेको भन्दै आफ्नो अडान कायमै रहेको बैठकमा भनेको बताए ।

‘बैठकमा हामीले फागुन २८ गते भएको बैठकको निर्णय थाहा पनि छैन, त्यो बैठकको निर्णय स्वीकार पनि नगर्ने भनेर भन्यौं,’ उनले भने ।

चार महिनापछि भएको ओली र नेपालको बैठकमा ओली पक्षबाट प्रधानमन्त्री ओलीसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली, सुवास नेम्बाङ लगायतको सहभागिता थियो भने माधव नेपाल पक्षका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, गोकर्ण विष्ट र घनश्याम भुसाल सहभागी थिए ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  १ : ४३ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको