एप्पलको आइफोन १२ अब भारतमै एसेम्बल गरिने « Khabarhub

एप्पलको आइफोन १२ अब भारतमै एसेम्बल गरिने


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुचर्चित अमेरिकी कम्पनी एप्पलले उत्पादन गर्दै आएको आइफोन १२ अब भारतमै तयार हुने भएको छ ।

कम्पनीका अनुसार अब आइफोन १२ भारतमै एसेम्बल गरिने भएको हो ।

एप्पलको यो निर्णयलाई भारतका केन्द्रीय मन्त्री रवि शंकरले स्वागत गरेका छन् । एप्पलले यसअघि एसियाको बजारका लागि चीनमा एसेम्बल गर्दै आएको थियो । पछिल्ला केही वर्ष चीन र अमेरिकाको सम्बन्धमा चिसोपन आएको छ ।

चीन र अमेरिकाको व्यापारिक युद्धका कारण एप्पलले चीनको एसियाली बजारका लागि भारत रोजेको अनुमान गरिएको छ ।

यसअघि एप्पलले आइप्याड र म्याकबुकका केही मोडल भियतनाममा एसेम्बल गर्न थालेको थियो ।

यद्यपि चीनमा पनि एप्पलका आइफोनहरु एसेम्बल हुँदै आइरहेका छन् । भारतमा नै एसेम्बल हुने भएपछि आइफोनको नयाँ उत्पादन छिटो र सस्तोमा नेपालमा पनि उपलब्ध हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  २ : ४४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको