नेपाल पक्षले बोलाएको भेला स्थगित गर्न नेकपा संस्थापनको आग्रह « Khabarhub

नेपाल पक्षले बोलाएको भेला स्थगित गर्न नेकपा संस्थापनको आग्रह


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको असन्तुष्ट पक्षले चैत ४ र ५ गते बोलाएको भेला स्थगित गर्न संस्थापन पक्षले आग्रह गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको बैठकमा भेला स्थगित गर्न आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले भने । नेपाल पक्षले भने संस्थापन पक्षद्वारा गत २८ फागुनमा आयोजना गरेको विशेष बैठकका निर्णयहरू रद्द गर्नुपर्ने शर्त राखेको छ ।

पार्टी उपाध्यक्ष भीम रावलले भने, ‘यदि २८ गतेको निर्णय उहाँहरूले फिर्ता लिने हो भने हामी भेला स्थगित गर्न सक्छौं ।’

एकलौटी रुपमा गरिएको निर्णय आफूहरूलाई स्वीकार्य नभएको भन्दै उनले निर्णय फिर्ता लिइनु पर्ने बताए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ३ : ३१ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष