नेपाल पक्षले बोलाएको भेला स्थगित गर्न नेकपा संस्थापनको आग्रह « Khabarhub

नेपाल पक्षले बोलाएको भेला स्थगित गर्न नेकपा संस्थापनको आग्रह


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको असन्तुष्ट पक्षले चैत ४ र ५ गते बोलाएको भेला स्थगित गर्न संस्थापन पक्षले आग्रह गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा सोमबार भएको बैठकमा भेला स्थगित गर्न आग्रह गरिएको पार्टी सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘यस्तो भेलाले पार्टी एकतालाई बल पुर्‍याउँदैन भन्ने हाम्रो धारणा हो, यही कुरा उहाँहरूसमक्ष राख्यौं,’ ज्ञवालीले भने । नेपाल पक्षले भने संस्थापन पक्षद्वारा गत २८ फागुनमा आयोजना गरेको विशेष बैठकका निर्णयहरू रद्द गर्नुपर्ने शर्त राखेको छ ।

पार्टी उपाध्यक्ष भीम रावलले भने, ‘यदि २८ गतेको निर्णय उहाँहरूले फिर्ता लिने हो भने हामी भेला स्थगित गर्न सक्छौं ।’

एकलौटी रुपमा गरिएको निर्णय आफूहरूलाई स्वीकार्य नभएको भन्दै उनले निर्णय फिर्ता लिइनु पर्ने बताए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ३ : ३१ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा