सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली नेपाल प्रस्थान « Khabarhub

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली नेपाल प्रस्थान


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली सोमबार नेपाल प्रस्थान गरेको छ ।

आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् । आरोही टोलीलाई विशेष विमानबाट नेपाल प्रस्थान गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।

आरोहणका लागि आवश्यक बन्दोबस्ती नेपालमा रहेको सेभेन समिट ट्रेक्सले मिलाएको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त टोली ८० दिनसम्म नेपालमा बस्ने दूतावासले जनाएको छ ।

टोलीले गोरखाको चुमनुब्बी गाउँपालिका एकस्थित समागाउँका बासिन्दाहरुलाई दुई हजार डोज कोरोना बिरुद्धको खोप पनि उपलब्ध गराउने दूतावासले जनाएको छ । टोलीलाई राजदूत सुन्दासलगायत दूतावास परिवारले विमानस्थलमै पुगेर सफल यात्राको शुभकामना दिएका छन् ।

यसअघि, गत असोजमा बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको सोही टोलीले आठ हजार एक ६३ मिटर अग्लो मनास्लु र छ हजार ११९ मिटर अग्लो लुबुचे हिमालको सफल आरोहण गरेको थियो ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ३४ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष