सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम अब ‘जजपा’ « Khabarhub

सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम अब ‘जजपा’


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेले पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ ।

नेकपा नाम विवादमा सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गरेको हो ।

निर्वाचन आयोगको पत्रानुसार उक्त पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले नाम परिवर्तन गर्दै जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको हो ।

केन्द्रीय समितिले गरेको निर्णयअनुसार पार्टीको नाम संशोधनका लागि अध्यक्ष सन्ध्या तिवारीले सोमबार निर्वाचन आयोगमा निवेदन पेश गरेकी छन् ।

नाम परिर्वतन गर्ने निर्णयानुसार आयोगमा पार्टीको नाम दर्ता गरेको महासचिव मनीष उपाध्यायले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा आयोगमा दर्ता भएपछि तिवारीको नेतृत्वमा नेकपा एमाले दर्ता भएको थियो । सर्वोच्चको फैसलासँगै आयोगले १५ दिनभित्र नयाँ नाम राख्न तिवारी नेतृत्वको पार्टीलाई पत्र पठाएको थियो ।

सर्वोच्च अदालतको फैसला र आयोगको निर्णयको सम्मान गर्दै पार्टीको नाम परिवर्तन गरिएको उपाध्यायले बताए ।

यस्तो छ आयोगलाई बुझाएको पत्र

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ५६ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद