सुन्दरहरैचाका नगरपालिकाका युवाहरुले नेपाल बंगलादेश बैङ्कबाट ४ प्रतिशत ब्याजमा कर्जा पाउने « Khabarhub

सुन्दरहरैचाका नगरपालिकाका युवाहरुले नेपाल बंगलादेश बैङ्कबाट ४ प्रतिशत ब्याजमा कर्जा पाउने


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नेपाल बंगलादेश तथा सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता गरिएको छ ।

कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद ढकाल र बैङ्कको तर्फबाट प्रदेश १ का प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिएपछि वडाले नगरपालिकालाई सिफारिश गर्नेछ र त्यसकै आधारमा नगरले बैङ्कसँग ऋण प्रदान गर्न सिफारिश गर्ने सम्झौतामा उल्लेख छ । ऋण खराब कर्जामा परिणत भए नगरले सो कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने जानकारी गराएको छ ।

बैङ्कका प्रदेश प्रमुख तिम्सिनाले बैंकिङ पहुँच कम भएकाहरुको लागि यो व्यवस्था गरिएको बताए । त्यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम सात लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने उनले जानकारी दिए । विदेशबाट फर्किएका युवा, दलित युवा, स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि पनि यो योजना ल्याइएको जानकारी दिनुभयो । पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिने गरी बैङ्कसँग सहमति भएको हो ।

सम्झौतापत्रमा हस्ताक्षर भएको मितिबाट २ वर्षसम्म कायम रहने गरी हस्ताक्षर भएपनि नगरपालिकाको दायित्व कर्जा बहाल रहेसम्म रहने प्रदेश प्रमुख तिम्सिनाले बताए । सम्झौता अवधी समाप्तिपछि दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न पनि सकिने सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ०३ बजे

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)

किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति

किभ– रुसी सेनाले किभमा रातारात गरेको ब्यालिस्टिक क्षेप्यास्त्रसहितको आक्रमणमा परी

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं– बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको

सांसदहरूसँग एमाले अध्यक्ष ओलीलगायत नेताको छलफल (तस्बिरहरू)

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले संघीय सांसदहरूसँग अन्तरक्रिया गरेको छ

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य 

काठमाडौं- एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको