एमाले नेपाल–खनाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय भेला नरोक्ने (भिडियोसहित) « Khabarhub

एमाले नेपाल–खनाल पक्षले चैत ४ र ५ गतेको राष्ट्रिय भेला नरोक्ने (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्थापन पक्षले गरेको आग्रहलाई अस्वीकार गर्दै नेकपा एमालेको माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।

नेकपा एमालेको असन्तुष्ट माधव–झलनाथ पक्षले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलपछि केन्द्रीय सदस्य र सांसदहरूलाई जानकारी दिन नयाँ बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलले भेला नरोक्ने निर्णय गरेको हो ।

भेलामा सहभागी सांसद डा. दीपकप्रकाश भट्टले चैत ४ र ५ गते बोलाएको भेला अहिले नरोक्ने निर्णय भएको जानकारी दिए । साथै आज बिहान अध्यक्ष एवम् प्रधानमन्त्रीसँग भएको छलफलका बारे पनि ब्रिफिङ भएको उनले बताए ।

यो समूहले सहमतिका लागि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग भने वार्ता जारी राख्ने भएको छ । उनका अनुसार पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षसँग वार्ता पनि गर्दै जाने निष्कर्ष निकालिएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् रुपमै फर्किएका छन् ।

यही बीचमा अध्यक्ष ओलीले २८ फागुन विशेष बैठक भन्दै निर्वाचित पदाधिकारी खारेज गरी २३ जना केन्द्रीय सदस्य थप गरेपछि एमालेभित्र विवाद चुलिएको छ ।

माधव–झलनाथ पक्षले फागुन २८ को निर्णय रद्द गर्नुपर्ने माग राखेको छ । तर, अध्यक्ष ओली त्यसमा सकारात्मक देखिएका छैनन्।

हेरौँ भिडियो

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ६ : ०७ बजे

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम