प्रदर्शन रोक्न म्यान्मारका विभिन्न स्थानमा सेनाद्वारा ‘मार्शल ल’ लागू « Khabarhub

प्रदर्शन रोक्न म्यान्मारका विभिन्न स्थानमा सेनाद्वारा ‘मार्शल ल’ लागू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारमा सेनाले विभिन्न जिल्लामा मार्शल ल लागू गरेको छ । आइतबार देशव्यापी रुपमा भएको प्रदर्शनका क्रममा हिंस्रक घटनापछि सत्ता हत्याएको सेनाले यस्तो कदम चालेको बीबीसीले जनाएको छ ।

आइतबार म्यान्मारको विभिन्न ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएका थिए । त्यसक्रममा प्रहरी र सेनाले प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु भएको थियो ।

चिनियाँ लगानी रहेका व्यापारिक क्षेत्रमा भएको आक्रमणपछि याङ्गुनको दुई जिल्लामा मार्शल ल लागू गरिएको छ । यस्तै, अन्य क्षेत्रमा पनि मार्शल ल लगाइएको छ । मार्शल ल लागू गरिएका स्थानमा प्रदर्शनमा सहभागी हुनेहरू विरुद्ध सैन्य अदालतमा मुद्दा चलाइने बताइएको छ ।

म्यान्मारको सेनालाई चीनले समर्थन गरिरहेको प्रदर्शनकारीको आरोप छ । चिनियाँ व्यापारिक क्षेत्रमा भएको आक्रमणको पछि कसको हात थियो भन्नेबारे भने खुलेको छैन ।

फेब्रुअरीमा सत्ता कू पछि जारी प्रदर्शनका क्रममा एकैदिन आइतबार ५० जनाको मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।

गत १ फेब्रुअरीमा सैन्य कू गर्दै सेनाले म्यान्मारको सत्ता हातमा लिएको छ । साथै, प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका नेताहरुलाई गिरफ्तार गरिएको छ ।

सू चीलाई रिहाइ गर्न माग गर्दै दिनहूँ राजधानीसहितका विभिन्न शहरमा प्रदर्शन हुँदै आएको छ । सू चीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा बहुमत हासिल गरेको थियो । तर, सेनाले भने उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले धाँधलीको प्रमाण भने देखाउन सकेको छैन ।

सैन्य कू पछि सू चीलाई अज्ञात स्थानमा राखिएको बताइएको छ । उनीमाथि थुप्रै गम्भीर किसिमका आरोप लगाइएको छ । तर, उनका समर्थकहरुले भने उक्त आरोप झूठा भएको दाबी गर्दै आएका छन् ।

सू चीलाई सोमबार (आज) अदालतमा पेश गरिनु पर्ने थियो । तर इन्टरनेट सेवामा समस्या देखिएपछि भर्चुअल सुनुवाई रद्द गरिएको बीबीसीले जनाएको छ । सैन्य कू को विरोधमा अहिलेसम्म भएको प्रदर्शनका क्रममा एक सय २० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका