प्रदर्शन रोक्न म्यान्मारका विभिन्न स्थानमा सेनाद्वारा 'मार्शल ल' लागू | Khabarhub Khabarhub

प्रदर्शन रोक्न म्यान्मारका विभिन्न स्थानमा सेनाद्वारा ‘मार्शल ल’ लागू


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारमा सेनाले विभिन्न जिल्लामा मार्शल ल लागू गरेको छ । आइतबार देशव्यापी रुपमा भएको प्रदर्शनका क्रममा हिंस्रक घटनापछि सत्ता हत्याएको सेनाले यस्तो कदम चालेको बीबीसीले जनाएको छ ।

आइतबार म्यान्मारको विभिन्न ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएका थिए । त्यसक्रममा प्रहरी र सेनाले प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तिमा ५० जनाको मृत्यु भएको थियो ।

चिनियाँ लगानी रहेका व्यापारिक क्षेत्रमा भएको आक्रमणपछि याङ्गुनको दुई जिल्लामा मार्शल ल लागू गरिएको छ । यस्तै, अन्य क्षेत्रमा पनि मार्शल ल लगाइएको छ । मार्शल ल लागू गरिएका स्थानमा प्रदर्शनमा सहभागी हुनेहरू विरुद्ध सैन्य अदालतमा मुद्दा चलाइने बताइएको छ ।

म्यान्मारको सेनालाई चीनले समर्थन गरिरहेको प्रदर्शनकारीको आरोप छ । चिनियाँ व्यापारिक क्षेत्रमा भएको आक्रमणको पछि कसको हात थियो भन्नेबारे भने खुलेको छैन ।

फेब्रुअरीमा सत्ता कू पछि जारी प्रदर्शनका क्रममा एकैदिन आइतबार ५० जनाको मृत्यु भएको अहिलेसम्मकै धेरै हो ।

गत १ फेब्रुअरीमा सैन्य कू गर्दै सेनाले म्यान्मारको सत्ता हातमा लिएको छ । साथै, प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका नेताहरुलाई गिरफ्तार गरिएको छ ।

सू चीलाई रिहाइ गर्न माग गर्दै दिनहूँ राजधानीसहितका विभिन्न शहरमा प्रदर्शन हुँदै आएको छ । सू चीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले गत वर्षको नोभेम्बरमा भएको निर्वाचनमा बहुमत हासिल गरेको थियो । तर, सेनाले भने उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले धाँधलीको प्रमाण भने देखाउन सकेको छैन ।

सैन्य कू पछि सू चीलाई अज्ञात स्थानमा राखिएको बताइएको छ । उनीमाथि थुप्रै गम्भीर किसिमका आरोप लगाइएको छ । तर, उनका समर्थकहरुले भने उक्त आरोप झूठा भएको दाबी गर्दै आएका छन् ।

सू चीलाई सोमबार (आज) अदालतमा पेश गरिनु पर्ने थियो । तर इन्टरनेट सेवामा समस्या देखिएपछि भर्चुअल सुनुवाई रद्द गरिएको बीबीसीले जनाएको छ । सैन्य कू को विरोधमा अहिलेसम्म भएको प्रदर्शनका क्रममा एक सय २० जनाभन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ८ : ४५ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला