राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप (भिडियोसहित) « Khabarhub

राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी छिन् ।

सोमबार अपरान्ह महाराजगञ्जस्थीत शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।

चैत ९ गते दुई दिने औपचारिक भ्रमणमा बंगलादेश जानु अघि राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् ।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि राष्ट्रपति भण्डारीले खोप लगायतका पूर्वधार समयमा नै स्वदेश भित्राउनु सरकारको सफलता भएको बताइन् ।

त्यस्तै उनले आफू ९ र १० गते बंगलादेश जानुपर्ने भएकाले पनि समयमा नै खोप लगाएको बताइन् । उनले चरणबद्ध रुपमा खोप अभियान सञ्चालन भएकाले आफ्नो उमेर समूहको पालो आएपछि पनि खोप लगाएको बताइन् ।

राष्ट्रपति भण्डारीले पुरै विश्वस्त भएर कोरोनाविरुद्धको खोप लगाउन समेत सबैमा आग्रह गरिन् ।

माघ १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत अहिले फागुन २३ देखि ६५ वर्षमाथिका नागरिकले खोप लगाइरहेका छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ०१ बजे

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि

विश्वकप : चेक गणतन्त्रलाई हराउँदै दक्षिण कोरियाको विजयी सुरुवात

मेक्सिको – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक

हुम्ला अस्पतालमा किशोरकिशोरी-मैत्री सेवा सञ्चालन

सिमकोट– यहाँको जिल्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन भएको छ। बहिरङ्ग