राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप (भिडियोसहित) « Khabarhub

राष्ट्रपति भण्डारीले लगाइन् कोरोनाविरुद्धको खोप (भिडियोसहित)


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी छिन् ।

सोमबार अपरान्ह महाराजगञ्जस्थीत शिक्षण अस्पताल पुगेर राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी हुन् ।

चैत ९ गते दुई दिने औपचारिक भ्रमणमा बंगलादेश जानु अघि राष्ट्रपति भण्डारीले खोप लगाएकी हुन् ।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि राष्ट्रपति भण्डारीले खोप लगायतका पूर्वधार समयमा नै स्वदेश भित्राउनु सरकारको सफलता भएको बताइन् ।

त्यस्तै उनले आफू ९ र १० गते बंगलादेश जानुपर्ने भएकाले पनि समयमा नै खोप लगाएको बताइन् । उनले चरणबद्ध रुपमा खोप अभियान सञ्चालन भएकाले आफ्नो उमेर समूहको पालो आएपछि पनि खोप लगाएको बताइन् ।

राष्ट्रपति भण्डारीले पुरै विश्वस्त भएर कोरोनाविरुद्धको खोप लगाउन समेत सबैमा आग्रह गरिन् ।

माघ १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत अहिले फागुन २३ देखि ६५ वर्षमाथिका नागरिकले खोप लगाइरहेका छन् ।

हेरौँ भिडियो

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ०१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको