जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित « Khabarhub

जसपा शीर्ष नेताहरुको बैठक अनिर्णित


२ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने अझै टुङ्गो लगाउन सकेको छैन ।

वर्तमान परिस्थितिमा सत्ता साझेदारीलगायत विषयमा छलफल गर्न आज ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा भएको जसपाका शीर्ष नेताहरुको बैठक निष्कर्षहीन भएको हो ।

बैठकमा सत्ता साझेदारीलगायत विषयमा पार्टी स्पष्ट धारणा बनाउनेबारे छलफल भए पनि निष्कर्षमा पुगिनसकेको जसपाका वरिष्ठ नेता अशोक राईले बताए ।

उनले भने, “हामी छलफलमै छौँ, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) को निर्णयपछि हामी एउटा निचोडमा पुग्छौँ । हामीले विचार आदान–प्रदान गर्‍यौँ, प्रधानमन्त्रीसहित उहाँको पार्टी, कांग्रेस र माओवादीसँग पनि छलफल गरी प्राप्त रायसुझावका आधारमा साझा प्रस्ताव तयार गर्छौ ।”

बैठकमा एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरुले दिएको समर्थनबारे पनि छलफल भएको थियो ।

जसपाले संविधान संशोधन र वन्दी जीवन विताइरहेका रेशम चौधरी लगायतको रिहाइसहित माग राखेर सत्तामा जाने कसरत गरिरहेको छ ।

सत्ता समीकरण र पार्टी समायोजनको बाँकी काम टुङ्गो लगाउन जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी चैत ५ गते शुरु हुँदैछ ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ९ : ३३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद